दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

Prabhu Bank

चितवन। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमबार बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।  तीनजना घाइते भएका छन्।

Saftey Pads

ट्रकका चालक हेटौँडा उपमहानगरपालिका का २६ वर्षीय वीरबहादुर लोप्चनको मृत्यु भएको छ। पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको ना ६ख ७९६७ नम्बरको ट्रक बिहान करिब साढे सात बजेको समयमा एकापसमा ठक्कर खाएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ना५ख ८७४३ नम्बरको ट्रकका चालक लोप्चनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको बताईएको छ।

सोही ट्रकका सहचालक बागमती गाउँपालिका मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ना ६ख ७९६७ नम्बरको ट्रकका चालक कन्काई नगरपालिका झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरी: रुपनी गाउँपालिका-६ का वडाध्यक्षको मृत्यु
Maruti Cement