हिमपातमा  बेपत्ता १२ जना सकुशल घर फर्किए

जुम्ला। जडीबुटी जडिबुटी खोज्न जाँदा बेपत्ता भएका जुम्ला तिला गाउँपालिका ९ को ढिपु गाउँका १२ जना सकुशल घर फर्किएका छन्।

जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन सकेका थिएनन्। उनीहरु सेतक चिनी, भुल्ते, धुपी र पदमचाल लगायतका जडीबुटी सङ्कलन गर्ने भनेर पाटन तर्फ गएका थिए।

जडीबुटी सङ्कलन गर्न गएकाहरू ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुम बहादुर बोहोरा, मनमाया बोहोरा, रेशमा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा थिए।

यसअघि जडीबुटी सङ्कलन गर्न जाँदा बेपत्ता भएका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिने तय भएको थियो ।