काठमाडौं म्याराथनको उपाधि नरेन्द्रलाई

काठमाडौं । १३ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन्। निर्धा्रित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गर्दै रावलले उपाधि जितेका हुन्। आर्मीकै बेदबहादुर सुनार २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भए। २ घण्टा ३४ मिनेट ४५ सेकेण्डको समयसहित आर्मीकै ज्ञानप्रसाद भट्टराई तेस्रो भए।

महिलातर्फको उपाधि कान्छीमाया कोजुले जितेकी छिन्। निर्धा्रित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै कान्छीमायाले उपाधि जितेकी हुन्। यससँगै काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन्। म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १५ हजार पुरस्कार प्राप्त गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना विरुद्धको लडाइँमा नेयमारको ७ लाख ६९ हजार युरो सहयोग

त्रिपुरेश्वरवाट शुरु भएको म्याराथन वानेश्वर कोटेश्वर एयरपोर्ट, गौशाला, नक्साल लौनचौर, दरवारमार्ग हुँदै रंगशालामै आएर समापन भएको थियो। हाफ म्याराथनको उपाधि पनि आर्मीकै राजन रोक्का र पुर्णलक्ष्मी न्यौपानेले जितेका छन्।
पुरुषतर्फ रोक्का निर्धा्रित दूरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पुरा गर्दै पहिलो भएका हुन्।

त्यस्तै महिलातर्फ न्यौपानेले १ घण्टा २८ मिनेट ०३ सेकेण्डमा पार गरेर न्यौपाने उपाधि हात पारिन्। हाफ म्याराथनतर्फ विजेताले २० हजार पुरस्कार जितेका छन्। त्यस्तै पाँच किमीको खुल्ला दौडको उपाधि भने अजितकुमार यादव र सरस्वती भट्टराईले जिते।