नेपालले २ लाख क्युफिट रक्त चन्दन भारतलाई फिर्ता गर्दै

Prabhu Bank

काठमाडौँ। नेपाल सरकारले देशका विभिन्न ठाउँबाट बरामद भएको झन्डै २ लाख क्युफिट रक्त चन्दन (काठ) भारतलाई फिर्ता गर्ने भएको छ।देशका विभिन्न ठाउँबाट बरामद भएको १ लाख ७३ हजार ७१ देशमलव ७९२ क्युफिट रक्तचन्द भारतलाई फिर्ता गर्न लागिएको हो।

Saftey Pads

पुस २८ गते बसेको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) र ९३० बमोजिम उक्त परिमाणको रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको हो।

संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) मा संकटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमूना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउने व्यवस्था गरिएको छ।

अन्य सम्बन्धित समाचार:  वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग सहित सर्वाेच्चमा रिट

नेपाल सरकारले बहुमूल्य मानिएको रक्तचन्दनको पैठारीमा प्रतिबन्ध लगाएको छ।

Maruti Cement