बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउँदै

Prabhu Bank

काठमाडौँ।  बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी छिन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन्। माघ ५ देखि ११ गतेसम्म उनी नेपाल भ्रमणमा हुनेछिन्।

Saftey Pads

राजकुमारी बेल्जियमको सहयोगमा सञ्चालित दामियन फाउन्डेसनको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेकी हुन्।

५८ वर्षिया एस्ट्रिड राजा फिलिपकी कान्छी बहिनी हुन्। एस्ट्रिडले नेपाल रहँदा राष्ट्रपति विद्या भण्डारी तथा उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ।

उनले कैलाली, नवलपरासी र चितवनको भ्रमण गर्नेछिन्। कैलालीमा उनी क्षयरोग केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी हुनेछिन्।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानका दुई जिल्लामा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ जनाको मृत्यु
Maruti Cement