प्रहरीमा भर्ना खुल्यो, १ हजार ८ सय ५ जनालाई जागिरको अवसर

Prabhu Bank

काठमाडौं। नेपाल प्रहरीले १ हजार ८ सय ५ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ। नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १ सय ४९, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवानमा १ हजार ७२ जनाका लागि दरखास्त आह्वान गरेको हो।

Saftey Pads

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै प्रदेश प्रहरी कार्यालयमा दरखास्त फारम पाउन र बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै, प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, सातै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाउने र बुझाउने व्यवस्था मिलाइएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरी: रुपनी गाउँपालिका-६ का वडाध्यक्षको मृत्यु

नयाँ भर्ना हुन इच्छुक नागरिकले माघ ५ गतेदेखि फागुन ११ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्।

Maruti Cement