आबुधाबीमा नेपाली कामदार बोकेको गाडी दुर्घटना, ५ जनाको मृत्यु

Prabhu Bank

आबुधाबी। युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको जनाइएको छ। नेपाली कामदार सवार गाडी दुर्घटना भएकाले त्यसमा नेपाली पनि हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। बसमा २४ जना सवार रहेको र ती मध्ये १६ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ।

Saftey Pads

अन्य श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ। बसमा सवार सबै जना सरसफाइ सम्बन्धी एमबीएम कम्पनीका कामदार रहेका थिए। घाइतेहरूको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको पहिचान भने हुन नसकेको दूतावासले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  परदेशबाट घरदेश नियाल्दा
Maruti Cement