तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुनमा : ८० चलचित्र प्रदर्शन हुने

Prabhu Bank

काठमाडौँ। तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ गतेदेखि ५ गतेसम्म काठमाण्डौ हुने भएको छ। नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित हुने महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन हुने आयोजकले जनाएको छ।

Saftey Pads

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौँको सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा ५ दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्रहरु प्रदर्शन हुने भएका छन्।

विभिन्न ५५ देशका ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० वटा चलचित्र महोत्वका लागि छनोट भएका छन्। एनिमेसन र वृत्तचित्रको विधा यो वर्षबाट थप गरिएको हो।

अन्य सम्बन्धित समाचार:  अभिनेत्री पायल घोषले अनुराग कश्यपमाथि लगाइन् यौन उत्पिडनको आरोप

विश्वका कथाहरुको कथ्य उत्सव नारासहित सुरु हुन लागेको महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र र एनिमेटेड विधाका उत्कृष्ट चलचित्रहरुलाई छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट कथानक चलचित्रलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ।

त्यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलरसहित माउन्ट एभरेस्ट अवार्ड, सवोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित बाग्मती अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

त्यसैगरी नेपाली उत्कृष्ट चलचित्रलाई १ लाख रुपैयाँ सहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रको मूल्याङ्कनका लागि बलिउड फिल्म निर्देशक प्रकाश झाको नेतृत्वमा निर्णायक समिति गठन गरिएको छ।

अन्य सम्बन्धित समाचार:  मदन पुरस्कार चन्द्रप्रकाश बानियाँ तथा जगदम्बा श्री शान्ति ठटाललाई

वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रको मूल्याङ्कनका लागि श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुण नेतृत्वको समितिले गर्नेछ । महोत्वसमा विभिन्न विषयमा छलफल लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ।

Maruti Cement