अबुधाबी दुर्घटना अपडेटः तीन नेपाली युवतीको मृत्यु, १४ घाइते (नामावलीसहित)

काठमाडौं। सवारी दुर्घटनामा परी युएईको अबुधाबीमा तीन जना नेपाली युवतीको मृत्यु भएको छ। बिहीबार २४ कामदार बोकेको मिनिबस दुर्घटना हुँदा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङको ज्यान गएको हो।

यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह, ललितपुर चापागाँउकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई घाइते भएका छन्।

बिहीबार मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने अन्य १९ जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ। उक्त बसमा नेपाली कामदार १८ जना र केही श्रीलंकन महिला कामदार रहेको नेपाली दुतावास युएईका कन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  नेकपा सचिवालय बैठकमा अर्थमन्त्री, परराष्ट्रमन्त्री र भीम रावल

घाइतेहरुको युएईका विभिन्न तीन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए। प्रहरीका अनुसार चालकको लापरबाहीले गर्दा दुर्घटना भएको जनाइएको छ।