एमसीसीमा भारतको सहमति आइसक्योः सञ्चारमन्त्री बाँस्कोटा (अन्तर्वार्तासहित)

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले एमसीसीमा सैन्य गठबन्धनको कुरा उल्लेख नभएको स्पष्ट पारेका छन्।

कार्यक्रम राष्ट्रको सवालसँग कुराकानी गर्दै बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्ट पारेका हुन्।

अमेरिकाले इन्डाप्यासिफिक रणनीति (आइपिएस) अन्तर्गत एमसीसीका नाममा नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउन लागेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद चर्किरहेको बेला सरकारका प्रवक्ताले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरे।

‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन, अमेरिकाले मात्रै लेखापरीक्षण गर्न पाउने र उक्त परियोजना एकतर्फी रुपमा भंग गर्न सक्ने भन्ने कुरा उल्लेख छैन, नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन, यो परियोजना अनुमोदन गर्न भारतको सहमति आइसक्यो।’ प्रवक्ता बाँस्कोटाले भने।

अन्य सम्बन्धित समाचार:  ७० करोड घुस काण्डमा मुछिएका बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य बने

सरकारको योजनालाई सफल पार्ने कर्तव्य र जिम्मेवारी बोधका साथ स्थापना भएको निकाय भएकाले ती निकाय र सरकारबीच भ्रम फैलाउने कामको कुनै औचित्य नरहेको उनले उल्लेख गरे।

फरक प्रसंगमा प्रवक्ता बाँस्कोटाले नेकपा स्थायी समिति सदस्य भीम रावललाई बालुवाटारबाट ‘ज्यान मार्ने धम्की’ दिएको कुरामा कुनै सत्यता नभएको बताए। ‘उहाँलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएकै छैन, यो कुरा फगत सार्वजनिक खपतका लागि बोलिएको हो,’ उनले भने।

रावलले केही दिनअघि एमसिसीबारे धारणा राख्दा बालुवाटारमा बस्ने मान्छेबाट आफूलाई ज्यान मार्ने धम्की आएको अभिव्यक्ति दिएका थिए।

बाँस्कोटाले संसदमा दर्ता भएको सूचना प्रविधि विधेयकको बारेमा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने हिसाबमा यो विधेयक सरकारले नल्याएको स्पष्ट पार्दै भ्रममा नपर्न आग्रह गरे।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने

‘सरकारले कानून बनाएको हो, संविधान संशोधन गरेको होइन,’ उनले भने। ‘व्यक्ति होइन, सामाजिक सञ्जाल दर्ता हुनुपर्छ भनिएको हो यदि त्यसो नभए सरकारले नियमन गर्छ, सञ्चारमाध्यमलाई नियन्त्रण होइन नियमन गर्न खोजिएको हो।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग नेपाली पत्रिकाका लागि ऋषि थपलियाले गरेको अन्तर्वार्ताः