प्रतिनिधिसभाले नयाँ सभामुख पाउँदै, अग्नि सापकोटा निर्विरोध चयन हुने

काठमाडौं। प्रतिनिधिसभाले आइतबार नयाँ सभामुख पाउँदै छ। दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले अग्नि सापकोटालाई निर्विरोध रुपमा सभामुखमा चयन गर्ने छ।

नागरिक समाज, मानवअधिकारवादीसहितका क्षेत्रको विरोधका बाबजुद सापकोटालाई प्रतिनिधिसभाले आफ्नो प्रमुखका रुपमा चयन गर्दैछ। नेकपाले नेता अग्नि सापकोटालाई भावी सभामुखको उम्मेदवार बनाउने निर्णय गरेदेखि नै विरोध भइरहेको थियो। विरोधका बाबजुद उनले उम्मेदवारी दिए।

प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखका लागि उम्मेदवारी दिएको छैन। यसको अर्थ आइतबार उनले विगत चार महिनादेखि रिक्त रहेको सभामुख पद सम्हाल्ने छन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराले  बलात्कार प्रयासको अभियोग लागेपछि पदबाट राजीनामा दिएका थिए। हालसम्म सापकोटाविरुद्ध अदालतमा चार मुद्दा विचाराधीन छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठक बोलाए