कोरोना भाइरस: यस्ता छन्, लक्षण तथा बच्ने उपाय

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ यतिबेला नेपाल सहित १३ देशमा फैलिएको छ। यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान, अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया हुँदै नेपालमा पनि फैलिँदैछ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार कोरोना भाइरस एक प्रकारको हामीलाई लाग्ने साधारण रुघाखोकी हो। पाण्डेका अनुसार कोरोना सङ्क्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन्। यो भाइरस रुघाखोकी सरे जस्तै सर्छ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइसरको वास्तविक नाम नोबेल कोरोना भाइरस हो। कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ।

अन्य सम्बन्धित समाचार:  सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन्। दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन्।

कोरोना भाइरस सङ्क्रमणका लक्षण

– रुघा खोकी लाग्नु,

– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु।

– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,

– घाँटी, टाउको तथा जिउ दुख्ने

– निमोनिया हुनु,

– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु।

कसरी हुन्छ सङ्क्रमण ?

कोरोना भाइरस पशुपङ्क्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ। यो भाइरसले मानिसहरूमा सहजै सर्ने गुण बोकेको हुन्छ। विशेषगरी एउटै परिवारका सदस्यहरू बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको सङ्क्रमण हुने सम्भावना उच्च हुनेगर्छ।

भाइरसको सङ्क्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ। हालसम्म यस भाइरसको सङ्क्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन।

अन्य सम्बन्धित समाचार:  वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

भाइरसबाट सङ्क्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने हुन्छ। यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन।

कसरी बच्ने ?

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– नियमित साबुन पानीले हात धुने,

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिएमा चिकित्सक सँग परामर्श लिने

– फ्लुको जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने