‘कान्तिपुर फिल्म एकेडेमी’को शाखा इटहरीमा

काठमाडौं। नेपालको चलचित्र जगतमा प्रख्यात निर्माताको रुपमा आफ्नो पहिचान बनाउन सफल निर्माता छविराज ओझाको समुहले ‘कान्तिपुर फिल्म एकेडेमी’को शाखा इटहरीमा सञ्चालनमा ल्याएको छ। चार वर्ष अगाडि उक्त समुहले सञ्चालनमा ल्याएको यस ‘कान्तिपुर फिल्म एकेडेमी’ को शाखा पहिलो पटक सञ्चालनमा ल्याउन ल्याएको हो।

आगामी माघ १६ गते सरस्वती पूजाको अवसर पारेर यस शाखाको औपचारिक थालनी गरिने एकेडेमीका सिइओ प्रकाश पुरीले बताएका छन्। र यसको सम्पूर्ण तयारी पनि पुरा भएको बताएका छन्। यस एकेडेमी शाखामा फिल्म मेकिङ, भिडियो एडेटिङ, अभिनय र फोटोग्राफीको कोर्षमा अध्ययन गराउने छ। यसका लागि पहिलो चरणमा एक महिने कोर्ष भएको र यसको लागि आवेदन खुल्ला गरी सकिएको पनि पुरीले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

पूर्वाञ्चलका सम्पूर्ण फिल्म मेकिङमा इच्छुक भएकाहरूलाई काठमाडौँ अबको दिनमा काठमाडौँ धाउन नपर्ने हेतुले इटहरीमा यस ‘कान्तिपुर फिल्म एकेडेमीको शाखा सञ्चालनमा ल्याइएको निर्माता छविराज ओझाले बताएका छन्।

यसको शाखा इटहरीको पुर्व लाइन स्थित इलाका प्रहरी कार्यलयको अपोजिटमा रहेको छ। साथै काठमाडौंमा भने यसको भवन थापागाउँको मन्दिर नजिक रहेको छ।