हेर्नुहोस् ‘ताकतवर’को ट्रेलरमा सविनको एक्सन (भिडियो)

काठमाडौं। अभिनेता सविन श्रेष्ठको एक्सन रहेको नयाँ फिल्म ‘ताकतवर’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

एक्सन विधामा निर्माण भएको यस फिल्मलाई गजेन्द्र रञ्जितले निर्देशन गरेका हुन् भने लेखन पनि उनकै रहेको छ। फिल्ममा सविन श्रेष्ठ, महिमा सिलवाल, रामकेशर बोगटी, ध्रुव कोइराला, शेखर सुवेदी, रिजा भुसाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

ट्रेलरमा सविन श्रेष्ठको एक्सन अवतरण देख्न सकिन्छ। फिल्मको प्रदर्शन मिति भने अहिले सम्म तय भइसकेको छैन। फिल्म प्रदर्शनको लागि वितरकसँग उपयुक्त मिति मिलाउनका लागि छलफल भइरहेको निर्देशक रञ्जितले बताएका छन्। साथै चैत्रको दोस्रो साता भित्रमा दर्शकहरूले फिल्म हेर्न पाउने उनले जानकारी गराए।

मित्र गुरुङको सम्पादन रहेको यस फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।