अरुण तेस्रो जलबिद्युत आयोजनामा बम बिस्फोट

काठमाडौँ। संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको छ। गएराति ११ बजेतिर ठुलो आवाजसहित बिस्फोटको आवाज आएको स्थानीयले जनाएका छन।

जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा बम बिस्फोट भएको हो।

बिस्फोटबाट कति क्षति भएको छ भन्ने विषयमा केहि पनि जानकारी प्राप्त हुन सकेको छैन। यता जिल्ला प्रहरी कार्यालय संखुवासभाले विस्फोटनको खबर आएलगत्तै घटनास्थलका लागि प्रहरी टोलि हिडेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  मोटरसाइकल दुर्घटना चालकको मृत्यु