काठमाडौँ। आइतबार विहानदेखि देशभरको मौसममा बदली आएको छ। तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ।
काठमाडौं उपत्यकाको अकाशमा बादल लागेकाले घाम लागेको छैन। घाम नलागेका कारण देशभरको मौसम चिसो भएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यका अनुसार तराई क्षेत्रमा बाक्लो कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा बदली भएको छ।
महाशाखाले जारी गरेको मौसम बुलेटिनमा आइतबार विहान साढे ७ बजे भैरहवा, जनकपुर र विराटनगरमा पनि विहानको भिजिविलिटी निकै कम रहेको छ।पूर्वी पहाडी क्षेत्रमा भने पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले बताइन्। अन्य क्षेत्रमा पनि भने पानी पर्ने सम्भावना कम छ।
आइतबार दिउँसोदेखि नै मौसम खुल्ने उनको भनाइ छ। पूर्वी भूभागमा रहेको न्युनचापीय मौसम प्रणलीका कारण बदली भएको महाशाखाले जनाएको छ।