माघ १२ देखि १८ गतेसम्म को राशिफल

मेष
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कार्यमा सफल्ता मिल्ने छ। वैवाहिक जीवन सुखद रहने छ। शरीरमा केहि विरामि रहन सक्ने छ। मन्दिर तिर्थको यात्रा हुन सक्ला।

वृष
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) कार्यमा व्यावधान आउँनाले मनमा सन्तोष नहोला। मेहनत अलिक बढि नै गर्नु पर्ला। व्यापार ठिकै रहला। शरीरमा पिडा पनि रहने सक्ने भएकोले स्वस्थ्यको ख्याल राख्नु होला।

मिथुन
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) समग्रहमा हप्ता राम्रो रहने छ। शिक्ष, प्रेम, वैवाहिक सम्बन्ध तथा नयाँ मित्र वन्न सक्ने सम्भावना छ। स्वस्थ्यमा भने विषेश ख्याल राख्नु होला।

कर्कट
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) स्वस्थ्यमा राम्रो रहने छ। नयाँ जागिर मिल्न सक्ला विधार्थीहरुको लागि समय राम्रो रहने छ। आम्दामिको नयाँ नयाँ बाटो खुल्न सक्ने छ।

सिंह
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) शैक्षिक क्षेत्र राम्रो होला। नयाँ पेशा व्यवसायमा अलिक अगाडि बढ्न सकिने छ। प्रेम तथा वैवाहिक सम्बन्ध राम्रो रहने छ। स्वस्थ्यमा थोरै समस्या देखिन सक्ला। लेनदेनको मामिलामा विवाद पर्न सक्ने छ।
कन्या
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) समाजमा मान बढ्ने छ। व्यवसायिहरुको लगि राम्रो छ। जागिरदारहरुले विवादबाट बच्नु होला। उच्च पदका व्यक्तिहरुबाट सम्मान पाउन सकिने छ। विदेश यात्रा राम्रो छ।

तुला
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) घर गृहस्थमा मन लाग्ला लगानीकर्ताहरुलाई यो हप्ता नयाँ लगानीको ढोका खुल्न सक्लान्। प्रेम प्रसंग बढ्न सक्ला। पुजापाठ इत्यादिमा सरिक भइएला।

वृश्चिक
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) प्रलाय समस्याहरुको समाधान हुने छ। खर्च बढ्न सक्ने छ। स्वस्थ्य राम्रो रहने छ। वैवाहिक जीवन राम्रो तथा विदेश यात्राका योगहरु पनि बन्न सक्ने छ।

धनु
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) विधार्थीहरुलाई विषेश राम्रो छ। नोकरी तथा व्यापारमा लाभ होला खर्च बढ्ने तथा स्वस्थ्यमा भने केहि समस्या देखा पर्ने छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनिति गर्नेहरुलाई सफल हुन सक्ने योग देखिन्छ। पारिवारीक सम्बन्ध राम्रो रहने छ। प्रेममा डुब्न सकिने छ। विदेश यात्राको योग पनि देखिन्छ। पढाइमा मन लाग्ला।

कुम्भ
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) यो हप्ता कुम्भ राशीका लागि अत्यन्त राम्रो देखिन्छ। पढाइ, विवाह, प्रेम, यात्रा, आम्दामी तथा सबै क्षेत्रमा सुभ समचार पाइएला। यो हप्ता मजा गर्नु होला।

मीन
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) सत्रुमाथि विजय प्राप्त होला। स्वस्थ्य राम्रो रहन सक्छ। मान बढ्ने छ। तथा पुराना मित्रहरु पनि भेट हुन सक्छन्। खर्च बढ्ने तथा प्रेममा तनाप बढ्न सक्ला र पारिवारीक जीवनमा थोरै समस्या देख्न सकिन्छ।