एक आपसमा खेल्ने क्रममा अचानक बालकको मृत्यु

तनहुँ। जिल्ला स्थित ब्यास नगर ३ देउराली नगरमा एक बालकको खेल्ने क्रममा अचानक मृत्यु भएको छ। मृत्यु हुनेमा बर्ष ४ का सुप्रिम थापा रहेका छन्।खेल्दा खेल्दै लडेर उनको मृत्यु भएको हो।

बालकहरु एक आपसमा खेल्दै गर्दा अचानक बालक थापा लडेको स्थानीयले देखेपछि दमौली स्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले वताए।

दुईजना बालक एक आपसमा खेल्ने क्रममा अचानक खाटमा ठोकिदाँ थापाको मृत्यु भएको हो। टाउको र चिउडोमा गम्भीर चोटलागेका थापाको घटनाका बारेमा अनुसन्धान भैरहेको छ।

अन्य सम्बन्धित समाचार:  कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु