‘साङलो’ को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। अभिनेता विराज भट्ट निर्देशित चलचित्र ‘साङलो’ को दोस्रो गीत सार्वजनिक भएको छ। चलचित्रको पहिलो गीत ‘चरिले काफल टिप्यो’ ले दर्शकको राम्रो माया पाएसँगै दोस्रो गीत आइतबार सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा अभिनेता विराज भट्ट र अभिनेत्री निकिता चाण्डकको फिचर्ड देख्न सकिन्छ। गायक निशान भट्टराई र चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको यस भिडियोको गीतमा सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत रहेको छ। गीतमा शब्द सङ्कलन तथा लय गायक भट्टराई आफैले गरेका हुन्।

आगामी माघ २४ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा अभिनेता विराज भट्ट, अभिनेत्री निकिता चाण्डक, जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

शिवम् अधिकारीको लेखनमा रहेको यस फिल्मलाई मदनकृष्ण महर्जनको छायाङ्कन रहेको छ। फिल्मको ट्रेलरलाई दर्शकले धेरै रुचाएसँगै फिल्मले पनि सफलता पाउने फिल्म निर्माण पक्ष आशावादीमा रहेको छ।