विमानस्थलबाट २२ राउण्ड गोलीसहित एक जना पक्राउ

पोखरा। पोखरा विमानस्थलबाट बन्दुकको २२ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका जितु शाही रहेको प्रहरीले जनाएको छ। यति एयरलायन्सका उडानबाट काठमाडौं जान लागेका शाहीले बोकेको झोला एक्सरे मेसिनबाट परीक्षण गर्दा गोली भेटिएको हो। उक्त गोली २२ बिओआर राइफलमा प्रयोग हुने समेत प्रहरीले जनाएको छ।

शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति