अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट

सङ्खुवासभा। सङ्खुवासभा जिल्लामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा आज बम विस्फोट भएको छ। चिचिला गाउ“पालिका–३ स्थित आयोजनाको जलविद्युत्गृह छेउमा भएको विस्फोटमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको संलग्न रहेको आशङ्का गरिएको छ।

बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ। कुकर बम पड्किँदा जेनेरेटर नजीकै पर्खालमा पनि क्षति पुगेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। घटनास्थलमा कुकरका टुक्रा भेटिएका छन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते