साताको राशीफल

ज्योतिषी अर्जुन सापकोटा (अमेरीका)

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
शरीरमा बिमारी हुन्छ। कार्यमा सफलता मिल्नेछ। वैवाहिक जीवन सुखद रहनेछ। शरीरमा केही बिरामी रहन सक्नेछ। मन्दिर तिर्थको यात्रा हुन सक्ला।

वृष राशी (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

कार्यमा बाधा व्यवधान आउनाले मनमा सन्तोष नहोला। मेहनत अलिक बढी नै गर्नु पर्ला। व्यापार ठिकै रहला। शरीरमा पीडा पनि रहनसक्ने भएकाले स्वास्थ्यको ख्याल राख्नु होला।

मिथुन राशी (का,कि,कु,घ,ङ,छ,के,को,हा)

समग्रमा हप्ता राम्रो रहनेछ। शिक्षा, प्रेम, वैवाहिक सम्बन्ध तथा नयाँ मित्र बन्नसक्ने सम्भावना छ। स्वास्थ्यमा भने विषेश ख्याल राख्नु होला।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

स्वास्थ्य राम्रो रहने छ। नयाँ जागिर मिल्न सक्ला विधार्थीहरूको लागि समय राम्रो रहनेछ। आम्दानीको नयाँ–नयाँ बाटो खुल्न सक्नेछ।

सिंह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

शैक्षिक क्षेत्र राम्रो होला। नयाँ पेशा व्यवसायमा अलिक अगाडि बढ्न सकिनेछ। प्रेम तथा वैवाहिक सम्बन्ध राम्रो रहनेछ। स्वास्थ्यमा थोरै समस्या देखिन सक्ला। लेनदेनको मामिलामा विवाद पर्न सक्नेछ।

कन्या राशी (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)

समाजमा मान बढ्नेछ। व्यवसायीहरूको लगि राम्रो छ। जागिरदारहरूले विवादबाट बच्नु होला। उच्च पदका व्यक्तिहरूबाट सम्मान पाउन सकिने छ। विदेश यात्रा राम्रो छ।

तुला राशी (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)

घर गृहस्थीमा मन लाग्ला लगानीकर्ताहरूलाई यो हप्ता नयाँ लगानीको ढोका खुल्न सक्लान्। प्रेम प्रसंग बढ्न सक्ला। पूजापाठ इत्यादिमा सरिक भइएला।

वृश्चिक राशी (तो,ना,नि,नु,ने,नो,या,यि,यु)

पुराना समस्याहरूको समाधान हुनेछ। खर्च बढ्न सक्नेछ। स्वास्थ्य राम्रो रहनेछ। वैवाहिक जीवन राम्रो तथा विदेश यात्राका योगहरू पनि बन्न सक्नेछ।

धनुु राशी (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

विधार्थीहरूलाई विषेश राम्रो छ। नोकरी तथा व्यापारमा लाभ होला खर्च बढ्ने तथा स्वास्थ्यमा भने केही समस्या देखा पर्नेछ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

राजनीति गर्नेहरूलाई सफल हुन सक्ने योग देखिन्छ। पारिवारिक सम्बन्ध राम्रो रहनेछ। प्रेममा डुब्न सकिने छ। विदेश यात्राको योग पनि देखिन्छ। पढाइमा मन लाग्ला।

कुम्भ राशी (गु,गे,गो,सा,सि,सु,से,सो,दा)

यो हप्ता कुम्भ राशीका लागि अत्यन्त राम्रो देखिन्छ। पढाइ, विवाह, प्रेम, यात्रा, आम्दानी तथा सबै क्षेत्रमा सुभ समाचार पाइएला। यो हप्ता मजा गर्नु होला।

मीन राशी (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) शत्रुमाथि विजय प्राप्त होला। स्वस्थ्य राम्रो रहन सक्छ। मान बढ्नेछ। पुराना मित्रहरू पनि भेट हुन सक्छन्। खर्च बढ्ने तथा प्रेममा तनाब बढ्न सक्ला र पारिवारिक जीवनमा थोरै समस्या देख्न सकिन्छ।
                                                                                                           

                                                 ज्योतिषी अर्जुन सापकोटा (अमेरीका) ०१-८६०९९५१६४७