भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति ठप्प

काठमाडौं। हवाई इन्धन ढुवानी गर्ने चालकले ट्याङ्करको चाबी पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाएका छन्। शनिबारदेखि ढुवानी रोकेका चालकले आइतबार १८१ वटा ट्याङ्करको चाबी महासङ्घलाई बुझाएका हुन्।

भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि रोकिएको छ। चालकले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको सीमा हटाउनुका साथै, तोकिएको मापदण्डभन्दा बढी नोक्सानी भए दोब्बर तिर्नुपर्ने व्यवस्था पनि रोकिनुपर्ने माग गरेको छ।

उक्त माग पूरा नभए काम गर्न नसकिने उनीहरूको भनाइ छ। निगम र ट्याङ्कर साहुको दोहोरो चेपुवामा आफूहरूको परेको चालकहरूको गुनासो छ। यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन