मौसम फेरि सक्रिय, वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि सोमबार साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ। महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सोमबार केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेकोले तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्नेछ।

अन्य सम्बन्धित समाचार:  बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति