सभामुख सापकोटाको शपथ सोमबार

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ आज (सोमबार) बिहान हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकबाट सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्। नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिने छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना महामारीः विद्यालय अनिश्चितकालका लागि बन्द