मकवानपुरको दुई वटा एनसेल टावरमा आगजनी

काठमाडौं। मकवानपुरको दुई स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ। आइतबार राति भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको एनसेल टावरमा अज्ञात समूहबाट आगजनी भएको हो।

आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा प्रहरी टोली पुगिसेकेको छ।

यता, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा समेत आगजनी भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पुगेको छ। घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सेती नदीमा बेपत्ता युवक परेनन् फेला