एमसीसी सम्झौता राष्ट्रघाती होः वैज्ञानिक समाजवादी पार्टी

काठमाडौं। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको दाबी गरेको छ। पार्टीले आइतबार प्रेस वक्तव्य मार्फत् एमसीसी नेपाली जनताको हितमा नभएको भन्दै आपत्ति जनाएको हो।

सरकारले राष्ट्रिय स्वाधीनतामाथि नै आँच आउने गरी उक्त सम्झौता गरेको भन्दै पार्टीले सम्झौतालाई अनुमोदन हुन नदिन माग गरेको छ। ‘यसप्रकारको सम्झौता गर्न र त्यसलाई संसदबाट अनुमोदन गराउँन र मुख्य प्रतिपक्षले देखाएको हुटहुटी देश एवं जनविरोधी साम्राज्यवादको पक्षमा प्रकट भएको उनीहरूको दलाल चरित्रबाहेक अरु केही होइन। तसर्थ, यस राष्ट्रघाती सम्झौतालाई अनुमोदन हुन नदिन संसद्‌मा रहेका सबै पार्टीका देशभक्तहरूलाई पहल लिन आव्हान गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  एमाले सांसद बसेको घरमा ढुंगा प्रहार गर्ने युवक पक्राउ

एमसीसीको विरोध गर्दै आइरहेका राजनैतिक दल र नागरिक जमातहरूको सङ्घर्षशील गतिविधिप्रति ऐक्यबद्घता जनाउँदै गर्दै पार्टीले सचेत जागरुकताका निम्ति अपील गरेको छ।