नेपाल–भारत सीमा बैठक फागुनमा, समाधान होला त विवाद?

काठमाडौं। नेपाल–भारत सीमा विवादबारे परराष्ट्रसचिवस्तरीय वार्ता फागुनको अन्त्यमा हुने भएको छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा विवाद समाधानको लागि औपचारिक पत्र र पटक–पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यमा बैठक बस्ने तयारी गरेको हो।

समस्या वार्ताबाट समाधान हुने भनेर कूटनीतिक नोटको उत्तर पठाएको एक महिनापछि वार्ताको मिति तय गर्न दुवै पक्ष तयार भएका हुन्। पछिल्लो समय संवादबाट विवाद समाधान गर्न भारत इच्छुक देखिएको परराष्ट्र मन्त्रालयले दावी गरेको छ।

यसअघि भारतले नेतृत्व आन्तरिक राजनीतिमा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र र नेपालमा राजदूत परिवर्तनजस्ता विषय देखाउँदै तत्काल वार्ता नगर्ने बताएको थियो। भारतको विदेश मन्त्रालयमा नयाँ सचिव र नेपालमा नयाँ राजदूत आएपछि सीमाका विषयमा थप छलफल अघि बढ्ने विश्वास गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु