सभामुख निर्वाचित भएको विरोधमा मानवअधिकारकर्मीको प्रदर्शन, १२ जना पक्राउ

काठमाडौं। राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन्। निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जनालाई नियन्त्रणमा लिएको हो।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालले १२ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे।

सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा मानवअधिकारकर्मीले प्रदर्शन गरेका थिए।

अन्य सम्बन्धित समाचार:  चौकीमा तोडफोड, दुई प्रहरी घाइते