नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं। नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति बिद्या देवि भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।

प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो। सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह