काठमाडौँ। चक्रपथ विस्तारका लागि रुख कटान गर्न बसुन्धरा सामाखुसी क्षेत्रमा आज दिनभर बत्ती नआउने भएको छ। महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन नेपाल वन निगमले रुख कटान गर्न भएकाले आज बेलुका ४ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
उक्त फिडरअन्तर्गत वसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक र टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायतका क्षेत्रमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ।
चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत कलंकीदेखि महाराजगञ्ज सम्मको सडक विस्तारको लागि अहिले धमाधम रुख कटानको काम भइरहेको छ।