आयुष केसीको ‘म एउटा बालक’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। भारतको सिंगीङ रियालिटी सो सारेगमपबाट लोकप्रियता कमाएको बाल गायक आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ सार्वजनिक भएको छ। गायक अमृत क्षेत्रीको शब्द अनि सङ्गीतमा आयुषले गाएको गीत सार्वजनिक भएको हो।

आयुषले यो भन्दा अगाडि पनि ‘हजार जुनी सम्म’को गीतमा आफ्नो आवाज दिइसकेका छन्। बाल गायक आयुष आफैले यस गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्।

यस गीतको म्युजिक भिडियोलाई सुरशाला म्युजिक एकेडेमीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ। गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन्। भने मिक्सिङ प्रकाश मिश्रले गरेका हुन्।