कोरोना भाइरसका कारण चीनको ७० हल बन्द

काठमाडौँ। छिमेकी राष्ट्र उत्तरी चिनमा कोरोना भाइरसका कारण ७० ओटा फिल्म हल बन्द भएको छ। यो भाइरसको कारण त्यहाँ २५ जनाको मृत्यु भइसकेको छ। भाइरसले सयौँ मान्छे प्रभावित भएका छन्। भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुदै नेपाल अष्ट्रेलिया सम्म फैलिएको छ।

संसारको सबैभन्दा धेरै थिएटर भएको देश चिनमा एकै चोटि ७० वटा फिल्म हल बन्द भए पछि प्रत्यक्ष विश्व चलचित्र जगतको वजारमा नै प्रभाव पर्ने देखिएको छ। चिनलाई विश्वको दोस्रो ठूलो फिल्मी बजार भनेर पनि चिन्न सकिन्छ।

आइतबारबाट सुरु भएको चीनियाँ नयाँ वर्षमा मात्र टिकट बिक्रीबाट १ विलियन भन्दा धेरै राजस्व सङ्कलन गरिने अनुमान गरिएको थियो तर, कोरोना भाइरस भित्रिए पछि भिडभाड स्थानमा धेरै प्रभाव हुने डाक्टरले चेतावनी दिएका कारण फिल्म हलहरू बन्द गरिएका हुन्।

अन्य सम्बन्धित समाचार:  दक्षिण अफगानिस्तानमा बम विस्फोट चार सर्वसाधारणको मृत्यु

चिनका सबै भन्दा ठूला ठूला स्टुडियोहरू आफ्नो सबभन्दा ठूलो फिल्म रिलिजमा स्थगित गरेका छन्। तीन दिन पछि सार्वजनिक स्वास्थ्यको स्थितिमा केही सुधार आएमा फिल्म हलहरू पुनः सुचारु हुन सक्ने बताइएको छ। तर कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर भएको कारण फिल्म हलहरू सञ्चालनमा आउने सम्भावना न्यून रहेको छ।