नेविसंघका दुई समुहबीच पार्टी कार्यालयमै झडप, दुई घाइते

काठमाडौँ। नेविसंघका दुई समुहबीच झडप भएको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो झडप भएको हो। अनसन बसिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका नेविसंघ विद्यार्थीले आक्रमण गरेका हुन्।

केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए। त्यस लगत्तै अनसनरत विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेका थिए।

देउवा समुहका विद्यार्थी मनोज बैद्यलगायतले आक्रमण गरेका हुन्। दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो।झडपमा कमल पन्त र लक्ष्मी बोगटी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्टार अस्पतालमा लगिएको एक विद्यार्थीले बताए।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली