गायिका आस्थालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ। गायिका आस्था राउतलाई प्रहरीले ४ दिन हिरासतमा राख्न अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे। काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो।

राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह