मुसहर समुदायका महिला र केटाकेटी अक्षरसँग रमाउँदै (भिडियोमा हेर्नुहोस्)

सुनसरी। कखरा सिक्ने उमेर घरको चुल्हो चौको गरेरै बित्यो। चाहेरै पनि अनेक परिस्थितिले पढ्न नसकेका मुसहर समुदायका महिलाहरूलाई युवा विकास केन्द्र नामक संस्थाले अक्षर चिनाउने काम गर्दै आएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको यही केन्द्रले मुसहर समुदायका महिलाहरू र विद्यालय जान नपाएका बालबालीकाहरूलाई दैनिक ३ घण्टा शिक्षाको ज्योति दिँदै आएको छ। केन्द्रले हाल ३०० अशिक्षित महिला तथा बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ।

एकातिर पढ्ने रहरलाई बन्धकी राखेर बस्न पर्ने अवस्थामा परिवर्तन आएपछि मुसहर महिलाहरुमा खुशि छाएको छ। अर्कोतिर विद्यालयको कक्षाकोठा छिरेर कक्षा लिन पर्ने असहजता लाई केन्द्रले सहज बनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  चौकीमा तोडफोड, दुई प्रहरी घाइते