कालापत्थरमा फेसन शो गरी विश्व कीर्तिमान कायम

काठमाडौं। माउन्ट एभरेस्ट क्षेत्रको कालापत्थरमा फेसन शो गरी विश्व कीर्तिमान कायम गरिएको छ। आइतबार सोलुखुम्बुको कालापत्थरमा आयोजना गरिएको ‘द माउन्ट एभरेष्ट फेशन रन वे’ले सर्वाधिक उच्चस्थानमा गरिएको फेसन प्रदर्शनी (हाईएस्ट अल्टीट्युड फेसन रनवे)को कीर्तिमान कायम गरेको हो।

फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल भएको जनाएको छ।

सो कार्यक्रम समुन्द्री सतहबाट पाँच हजारभन्दा माथि आयोजना गरिएको हो। फेसन शोमा आठ नेपाली, एक फिनल्यान्डकी, पाँच इटालीकी, एक श्रीलंकाकी र एक सिङ्गापुरकी मोडलहरूले सहभागिता जनाएका थिए।

यस शोमा सबै प्राकृतिक, अर्गानिक र नेपालबाट उत्पादित फेसन सामग्री देखाइएको थियो। सहभागीहरु जनवरी ३० तारिखमा काठमाडौं आइपुग्ने बताइएको छ।