चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या १०६ पुग्याे

काठमाडौं। कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन्। चीनमा यो भाइरसबाट ४ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। चीनका केही मुख्य सहरहरुमा सार्वजनिक यातायात बन्द गरिएका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ।रहेको बीबीसीले जनाएको छ। चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना फेला परेका छन्।

चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश नजान आग्रह गरेको छ। अमेरिकाले पनि आफ्ना नागरिकहरुलाई चीन यात्राबारे पुर्न्विचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ। एजेन्सी

अन्य सम्बन्धित समाचार:  म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने