सुगम पोखरेलको “लाखौमा एक तिमी” सार्वजनिक (भिडियोसहित)

काठमाडौं। चर्चित गायक सुगम पोखरेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। मोडल तथा गीतकार मनोज सिग्देल (युरेश)को शब्द सङ्गीत तथा गायक पोखरेलको आवाजमा “लाखौमा एक तिमी” बोलको म्युजिक भिडियो बजारमा आएको हो।

यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ। सफल म्युजिक भिडियो निर्देशक शान थापा निर्देशित यस भिडियो लाई अर्जुन तिवारीले खिचेका छन् भने सम्पादन इन्टेन्सिभ एल्डले गरेका छन्।

देव दाहालको लगानीमा निर्माण भएको यस गीतलाई ओ एस आर डिजिटल मार्फत बजारमा सार्वजनिक गरिएको छ।