टिपरको ठक्करबाट सुर्खेतमा एक युवकको मृत्यु

काठमाडौं। टिपरको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको मृत्यु भएको छ।  वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको घटनास्थलमै ज्यान गएको हो।

टिपरले सिंहलाई किचेर अन्दाजी २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। वीरेन्द्रनगर ३ गौतम चोकमा भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

सिंहका आफन्तले अहिले यरिचोक र गौतम चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रहरीले टिपर चालक र टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति