फेरि मौसम सक्रिय, पूर्वपश्चिममा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं। पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले मौसम आंशिक रुपमा बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु भागका १ २ स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति