दयाहाङ, पल र वर्षाको २ नम्बरी

काठमाडौं। निर्देशक दिपेन्द्र लामाको नयाँ फिल्म ‘२ नम्बरी’ मा चर्चित अभिनेता दयाहाङ राई र पल शाह सँगै पर्दामा देखिने भएका छन्। कमेडी जनरामा निर्माण हुन लागेको यस फिल्मलाई सोमबार राजधानीमा एक कार्यक्रमको बीच घोषण गरेका हो।

आफ्नो करिअरको सुरुवात काल देखि नै फरक फरक जनरामा काम गर्दै आएका यी दुईजना अभिनेतालाई पहिलो पटक एकै साथ दर्शकहरूले देख्न पाउने भएका छन्। फिल्ममा यी दुईजना अभिनेतालाई साथीको रुपमा देखिने छ।

दुई साथीको कथाको आधारमा निर्माण हुन लागेको यस फिल्ममा अभिनेता दयाहाङ राई, पल शाह सँगै चर्चित अभिनेत्री वर्षा राउत र बुद्घि तामाङको पनि मुख्य अभिनय रहने छ। कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले अगाडि देखि नै अभिनेता पल शाह सँग काम गर्ने लालायित बनेको बताएका छन्। भने पल शाहले आफू अभिनेता दयाहाङ सँग काम गर्न पाउँदा धेरै लक्की भएको साथै दयाहाङसँग धेरै कुरा सिक्ने अवसर मिलेको बताएका छन्।

माघ २४ गतेबाट छायाङ्कन सुरु हुने यस फिल्मको छायाङ्कन सुसन प्रजापतिले गर्दैछन्। भने रामजी लामिछानेको कोरियाग्राफी रहने छ।