ट्याक्टरको ठक्करबाट एकको मृत्यु

काठमाडौं। ट्याक्टरको ठक्करबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ सकारमा म १ त ११७२ नम्बरको ट्याक्टरको ठक्करबाट अन्दाजी ३५ वर्षीय स्थानीय नरेन्द्रराज भट्टराईको मृत्यु भएको हो।

सोही ट्याक्टरमा सवार रहेका भट्टराई एक्कासि खसेपछि उनलाई ट्याक्टरले किचेको बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

ट्याक्टर चालक धनगढीका दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  कर्मचारी सवार गाडी दुर्घटनाः दुई जनाको मृत्यु