तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

काठमाडौँ। रुपन्देहीको रोहिणी गाउँपालिका ४ सुहिलीहवामा तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान आठ बजे दुइटा ट्रक एक आपसमा ठोक्किएर विपरीत दिशाबाट आइरहेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा ना २ ख ८१८४ नम्बरको ट्रक चालक र त्यही काम गर्ने दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी हेम कुमार थापाले जानकारी दिए।

ना२ख८१८४ नम्बरको ट्रक र ना ५  ख ७८५६ नम्बरको ट्रक आपसमा जुधेपछि विपरीत दिशाबाट आएको ना ५ ख ७८५६ नम्बरमा ट्रकसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले बताएको छ।मृतकहरू सुनसरी चताराका अन्दाजी ३०र३५ वर्षका पूर्ण बहादुर भुजेल, नवलपरासी कालीनन्दन गाँउपालिका बस्ने मविकन कुर्मी र लालु कुर्मी रहेका छन्।

अन्य सम्बन्धित समाचार:  रसुवामा टिपर दुर्घटना, २ जनाको मृत्यु

साथै नौ जना घाइते भएको र त्यसमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ।चार जना सुवास कुर्मी, विनोद धवल,दुधाई हरिजन र मोहन राईको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।अन्य पाँच घाइते भिम अस्पतालमा तनहुँ आबुखैरेनीका वीरेन्द्र गुरुङ, नवलपरासी कालीनन्दन गाउँपालिकाका अक्लेस यादव, मनिस धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन रहेका छन्।