छपाक पछि दीपिका ‘दि इन्टर्न’मा

काठमाडौं। चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो फिल्म ‘छपाक’ पछि फेरी नयाँ चलचित्रको घोषणा गरेकी छिन्। अभिनेत्री दीपिका पादुकोणको अभिनयमा बन्न लागेको यो फिल्मको नाम ‘दि इन्टर्न’ हो। यो हलिउड चलचित्रको आधिकारिक रिमेक हो।

चलचित्र सन् २०२१ मा रिलिज हुने छ। सन् २०१५ मा हलिउड चलचित्र ‘दि इन्टर्न’ कमेडी जनरामा बनेको थियो। यो चलचित्रको बलिउड रिमेक चाहिँ एक ७० सालको व्यक्ति र युवतीको कथामा चलचित्र बन्ने छ।

नायिका दीपिका पादुकोणले सुनिर खेत्रपालको साथमा यो चलचित्र निर्माण गर्दै छिन्। चलचित्रमा अभिनेता ऋषि कपुर र अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहने छ।