आगलागीमा सोह्रको मृत्यु

मङ्गोलिया। मङ्गोलियामा जनवरीको शुरुदेखि हालसम्म ४ सय भन्दा बढी आगालागीको घटना भएका जानाइएको छ। आगलागनीका ती घटनाहरुमा परी १६ व्यक्तिले ज्यान गुमाएका राष्ट्रिय आपतकालीन व्यस्थापन निकाय ९नेमा० ले मङ्गलबार जनाएको छ।

नेमाद्वारा जारी एक विज्ञप्तिमा यस महिनाको सुरूदेखि नै देशभर जम्मा ४१७ आगलागीका घटना भएका र यसमा परी दुई बालबालिकासहित १६ व्यक्तिको मृत्यु भएको छ।

विद्युत लाइनमा आउने अवरोधका कारण नै प्रायः आगलागीका घटना हुने गरेको आपतकालीन निकायले जानकारी दिएको छ।