वीरेन्द्रनगरमा कर्फ्यु आदेश

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले मङगलबार वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेको छ। टिप्परको ठक्करबाट वीरेन्द्रनगरमा एकजनाको मृत्यु भएपछि उत्तेजित भीडले थप क्षति गर्नसक्ने भन्दै प्रशासनले कर्फ्यूको आदेश जारी गरेको हो।

टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपािलका–३ का २१ वर्षीय केशरबहादुरको सिंहको मृत्यु भएको थियो।वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट सिंहको मृत्यु भएको हो।टिप्परको ठक्करबाट सिंहको मृत्यु भएसँगै आफन्तले नाराबाजी गरेका थिए । नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको छ।हवाइ फायरबाट ८ जना घाइते भएका छन् ।

मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट कर्फ्यु लगाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।सुरक्षा स्थितिलाई नियन्त्रणमा लिनको लागि ६ः३० बजेदेखि माघ १५ गते बिहान ६ बजेसम्मको लागि कर्फ्यु आदेश जारी भएको छ। कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र कसैले आवातजावात गर्न, भेला जम्मा हुन र अन्य कुनै किसिमको गतिविधि गर्न नपाइने बताएइको छ।

स्थानीय प्रशासन ऐन ९संशोधनसहित० २०२८ को दफा ९क० बमोजिक कर्फ्युको आदेश जारी गरिएको प्रमुख पन्तले बताए। कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकता  अनुसार सुरक्षाकर्मीले गोली चलाउन सक्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  कर्फ्यु पूर्वमा इत्राख खोला, पश्चिममा बाङेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर दक्षिण गेटसम्म लागू हुने बताइएको छ।