अग्नि सापकोटाको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ। सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले सभामुखको हत्याको आरोप लागेका व्यक्तिलाई सभामुखको काम गर्न रोक्न माग गर्दै दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो। अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको काम गर्नबाट रोक लगाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए।

पक्षका कानुन व्यवसायी धेरै भएपछि सर्वोच्च अदालतमा रहेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रहेको थियो। पक्षका तर्फबाट निवेदक दिनेश त्रिपाठी, सुनीलकुमार पोखरेल, ओमप्रकाश अर्याल, राजु चापागाई, बाबुराम गिरी, विकास भट्टराई र अनन्त लुइँटेललगायतले बहस गरेका थिए। मंगलबार पक्षका तर्फबाट केही कानुन व्यवसायीको समेत बहस सुनिसकेपछि न्यायाधीश मल्ल प्रधानले यस्तो आदेश जारी गरेको हो।

काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाएको भन्दै बरिष्ठ अधिवक्ता त्रिपाठीले गत शुक्रबार सर्वोच्चमा रिट हालेका थिए। आइबार हेर्न नमिल्ने न्यायाधीशको इजलाशमा पेशी परेपछि सोमबारका लागि सुनुवाइ सरेको थियो। मंगलबार भने सर्वोच्ले आदेश जारी गरेको हो।