७ वर्षीया छोरी करणी गर्ने बुबा पक्राउ

काठमाडौं। आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले झापामा एक व्यक्तिलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी छोरीलाई करणी गरेको आरोपमा कानकाई नगरपालिका–१ निवासी ३० वर्षीय बुबालाई पक्राउ गरेको हो।

मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन्। हजुरआमासमेत शारीरिकरूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो