नेकपा केन्द्रीय कमिटी बैठक आजबाट, यस्तो छ कार्यसूची

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आज बुधबारदेखि बस्दैछ। नेकपा सचिवालयको मंगलबार बसेको बैठकले राष्ट्रियसभा गृहमा विहान ११ बजे बैठक सुरु गर्ने निर्णय गरेको हो।

पार्टी एकता भएको डेढ वर्षपछि सुरु हुने बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पेश हुने छ। त्यसपछि महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको नेकपाले जनाएको छ।

बैठकको सुरुमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। बुधबार नै सातवटै प्रदेशका अध्यक्षले आ आफ्नो प्रदेशको रिपोर्ट पेस गर्नेछन्। भोलिबाट समूहगत छलफल हुने नेकपा सचिवालयको निर्णय छ। ४ सय ३९ केन्द्रीय सदस्यहरु सहभागी हुनेछन्।

४ सय ४५ सदस्य रहेको केन्द्रीय कमिटीमा केहीको मृत्यु र केही उच्च ओहदामा रहेका कारण सदस्यता निष्क्रिय हुँदा ४ सय ३९ सदस्यले मात्र भाग लिनेछन्। एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको केन्द्रीय कमिटी बैठक त्यसैताका एक पटक बसेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै